Diploma In Forestry and Diploma In Ag (Plant Science) Batch 2079 का प्रशिक्षार्थीहरुको विधाई

लमजुङ । लमजुङको राइनास नगरपालिकामा सञ्चालन हुँदै आएको राइनास बहुप्राविधिक शिक्षालयबाट मंगलबार शिक्षालयबाट अध्ययन पूरा गरेका प्रशिक्षार्थीहरुलाई एक कार्यक्रमको आयोजनन गरि बिदाई गरिएको छ ।

तिन वर्षे वन विज्ञान र तिन वर्षे कृषि (वालि  विज्ञान )  विषयमा अध्ययन गर्दै आएका प्रशिक्षार्थीहरुलाई बिदाई गरिएको हो । बिदाइ गरिएको समूह २०७९ सालदेखि २०८२ सम्म अध्ययनरत रहेका थिए । बिदाई कार्यक्रममा बोल्दै शिक्षलयका प्रशिक्षक सुवास सिग्देलले प्रशिक्षार्थीहरुलाई उज्वल भविष्यको शुभकामना दिएका थिए ।

यस्तै कार्यक्रममा शिक्षालयका लेखा मिलन देवकोटाले हालसम्म विद्यार्थीहरुले अध्ययन राम्रोसँग गरेको र अबको दिनमा पनि उनीहरुले आफ्ना पढाइलाई निरन्तरता दिन तथा स्वरोजगारमुलक क्षेत्रमा आफ्ना पाइला चाल्न आग्रह गरे ।

बिदाई कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट सागर अधिकारी, सरिता सुनार, साजिदा मियाँ,  मनराज पाण्डेलगायतले आ–आफ्ना मन्तव्य राखेका थिए । सो अवसरमा प्रशिक्षार्थीहरुलाई बिदाइको समारोहमा आफुसँगै तीन वर्षसम्म अध्ययन गरेका साथिहरुसँग छुट्टिन पर्दा भावुक समेत बनेका थिए । कार्यक्रमको सञ्चालन राजुन डौलियाले गरेका थिए ।