आकर्षणको केन्द्र विषयहरू
- सर्वसुलभ शुल्क, तुलनात्मक रुपमा धेरै सस्तो ।
- अनुभवी र योग्य प्रशिक्षकहरूद्वारा शान्त वातावरणमा अध्यापन गराइने ।
- प्रयोगात्मक अभ्यासको लागि सुव्यवस्थित ल्याब र प्रशस्त जग्गा रहेको ।
- आइसिटीको प्रयोगबाट पठनपाठन गराइने ।
- अतिरिक्त ज्ञान तथा सीप अभिवृद्धिका लागि शैक्षिक भ्रमण र Field Visit को व्यवस्था तथा विविध अतिरिक्त क्रियाकलापहरूमा सहभागी गराइने ।
- ऐतिहासिक राइनसकोट जस्तो रमणीय स्थानबाट जम्मा पाँच किलोमिटर दूरीमा र डुम्रे बेशिसहर राजमार्गबाट केवल एक कि.मि दूरीमा रहेको ।
- प्रशिक्षार्थीहरुलाई Work-Experience Program को लागि देशका विभिन्न सरकारी तथा निजी संघ संस्थामा पठाइने ।
अध्ययन पश्चातका अवसरहरुः
- सरकारी तथा गैर सरकारी संस्थाहरुको रोजगारीको अवसर ।
- स्वरोजगार हुन सकिनुका साथ वैदेशिक रोजगारको लागि अवसर ।
- उच्च शिक्षाको लागि B.Sc. Ag र B.Sc. Forestry मा अध्ययन गर्न सकिने ।
शुल्क विवरणः
- डिप्लोमा / प्रमाण पत्र तह कृषि वाली विज्ञानः ३ वर्षको जम्मा रु ५०,७००/- मात्र
- डिप्लोमा / प्रमाण पत्र तह वन विज्ञानः ३ वर्षको जम्मा रु ५०,७००/- मात्र