निःशुल्क कम्प्युटर तालीम समापन कार्यक्रम

राइनास बहुप्राविधिक शिक्षालयले संचालन गरेको "निःशुल्क कम्प्युटर तालीम " कार्यक्रम शिक्षालय प्रमुख सुनिल थापाको अध्यक्षतामा  समापन भएको छ । उक्त कार्यक्रम मिति २०८३/०१/०२ गतेवाट सुरु भई २०८३/०२/०५ गते सम्म स‌ंचालन भएको थियो । शिक्षालयले एक कार्यक्रमको आयोजना गरी कम्प्युटर तालीममा सहभागी विद्यार्थी छात्रछात्राहरुलाई प्रमाणपत्र वितरण गरिएको  छ। उक्त कार्यक्रमको  प्रमुख अतिथि राइनास न.पाका वडा न‌ं ८ का वडा अध्यक्ष कृष्ण वहादुर रानाभाट र अन्य अतिथिहरुमा वीरभक्ती मा.वि का प्र.अ नुर मोहम्मद मिया, राइनास न.पा डा न‌ं ८ का  निवर्तमान वडा अध्यक्ष कृष्ण प्रसाद लामिछानेले प्राविधिक शिक्षाको आवश्यकता र महत्वका विषयमा आ-आफ्नो विचार राख्नु भएको थियो ।   कार्यक्रम संचालन शिक्षालयका प्रशिक्षक सुवास सिग्देलले  र स्वागत मन्तव्य शिक्षालयका निर्माण सहायक प्रशिक्षक राजुन डौलियाले  गर्नुभएको थियो।